दफा ३८
मुद्दा चलाउने हदम्याद
यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम अनुसार वा उक्त ऐन, नियम वा विनियमले अधिकार दिएको भन्ने सम्झी कुनै काम गरेका वा सो गर्ने आशयले गरेको कुनै कामको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी वा प्रहरी कर्मचारी उपर देहायमा लेखिएबमोजिम नभै मुद्दा चल्न सक्दैन ।
(क) मुद्दा चलाउने कारण र वादी हुनेको र निजको वारिस भए त्यसको नाम र ठेगाना खोली लिखित नोटिस प्रमुख जिल्ला अधिकारी, प्रहरी कर्मचारीलाई बुझाएको वा हुलाकद्वारा रजिष्ट्ररी गरी पठाएको र त्यसको १ प्रति नक्कल नेपाल सरकारमा पेश गरेको १ महिना ननाघी,
(ख) मुद्दा चलाउने कारण भएको ८ महिनाभित्र मुद्दा दायर नभई ।